काठमाडौं


काठमाडौंमा सवारी साधन हराउने खबर नयाँ होईन तर गएराती पार्किङ गरेको गाडी विहान पुग्दा हराएको पाइएको छ । "/>

पार्किङ स्थानबाटै माइक्रोबस गायब

पार्किङ स्थानबाटै माइक्रोबस गायब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

काठमाडौंमा सवारी साधन हराउने खबर नयाँ होईन तर गएराती पार्किङ गरेको गाडी विहान पुग्दा हराएको पाइएको छ । समाचार अनुसार राजधानीको ढुंगेधारा स्थित पार्किङ स्थानबाटै गाडी हराएको छ । गएको चार वर्ष देखि सोही ठाउँमा पार्किङ गर्ने गरेको बा १ ज ७६५३ नम्बरको किया कम्पनीको माइक्रोबस हराएको हो ।

शुक्रबार राती ११ बजे पार्किङ गरेर छोडेको गाडी शनिबार ( आज ) बिहान ४ बजे पुग्दा पार्किङ स्थानमा नरहेको चालकले बताए । सवारी खोजीकार्यका लागि प्रहरीलाई खबर गरिसकेको चालकले बताए । यस अघि मोटरसाइकल र साइकल हराउने गरेका घटना त धेरै नै छन् तर गाडी नै हराएको भने कम मात्रै सुनिने गरेको भएपनि आज गाडी नै हराएको उजुरी आएको प्रहरीले बताएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo