काठमाडौं

नुवाकोटको सिसडोलको विकल्प तयार नभए अन्तर्राष्ट्रिय कम्पनी नेपवेस्टले काठमाडौंको फोहोर नउठाउने संकेत दिएको छ । "/>

काठमाडौंको फोहोर निजी कम्पनीले नउठाउने संकेत

काठमाडौंको फोहोर निजी कम्पनीले नउठाउने संकेत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नुवाकोटको सिसडोलको विकल्प तयार नभए अन्तर्राष्ट्रिय कम्पनी नेपवेस्टले काठमाडौंको फोहोर नउठाउने संकेत दिएको छ । साउन पहिलो साता लगानी बोर्ड र कम्पनीबीच आगामी पुस देखि काठमाडौंको फोहोर उठाउने जिम्मा दिने गरी आयोजना विकास सम्झौता ( पिडिए ) भएको थियो  । कम्पनीले हालसम्म काठमाडौं महानगरपालिका सहित अन्य नगरपालिकासँग समझदारीको कोसिस नै गरेको छैन ।

सम्झौता अनुसार कीर्तिपुर नगरपालिका बाहेक काठमाडौंका सबै स्थानीय निकायबाट उक्त कम्पनीले फोहोर उठाउने जिम्मा पाएको छ । अहिलेको ल्यान्डफिल साइट सिसडोल भरिसकेको र अर्को वैकल्पिक ल्यान्डफिल साइट तयार नभएकाले कम्पनीले फोहोर व्यवस्थापनको जिम्मा लिन अनकनाइरहेको काठमाडौं महानगरपालिकाका अधिकारीले बताए । कम्पनीले फोहोर प्रशोधन प्लान्ट बनाउन कम्तीमा तीन वर्ष लाग्ने र त्यति समयसम्म फोहोर उठाएर विसर्जनका लागि वैकल्पिक ल्यान्डफिल साइट बनाइदिन अनौपचारिक आग्रह गरेको छ ।

यता वैकल्पिक ल्यान्डफिल साइट तयार गर्न पनि एक वर्ष लाग्ने उक्त कम्पनीले जनाएको छ । नयाँ ल्यान्डफिल साइट बनाउन जमिन सम्याएर पहिला ग्राभेल बिछ्याउनु पर्ने, बेसमुनि पानी सोस्न पाइप राख्नुपर्छ । त्यस्तै ग्यास निस्कने पाइप जडान गर्नुपर्ने र ग्यास वातावरणमा मिसिनबाट रोक्न ग्यास ट्याप गर्ने उपकरण जडान गर्नुपर्ने बाटो बनाउनुपर्ने लगायत काम गर्नुपर्ने हुनाले धेरै समय लाग्ने ती कर्मचारीले बताए । अस्थायी ल्यान्डफिल साइट निर्माणमै २५–३० करोड रुपैयाँ लाग्ने र तत्काल निर्माणको काम थाले पनि एक वर्षजति समय लाग्ने बताइएको छ ।
नयाँ पत्रिकाबाट

Logo