काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भएको निष्कर्षसहित बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
एक वर्षअघि कांग्रेस र एमालेको गठबन्धन सरकारलाई समर्थन गरेको थियो । तर सरकारमा सहभागी भएको थिएन । त्यसको ठिक एक वर्ष पग्नुअघि जसपा नेपालको कार्यकारी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार आज संसदीय दलको बैठकले पनि निर्णय लिएको हो ।
जसपा नेपालको यो निर्णयपछि राष्ट्रियसभामा सरकार अल्पमतमा परेको छ । प्रतिनिधि सभामा कांग्रेस र एमालेको स्पष्ट बहुमत भए पनि राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक छ ।





























प्रतिक्रिया