काठमाडाैं । गएरातिकाे भीषण वर्षाका कारण पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएकाे पहिराेले घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन्।
आइतबार बिहान गएको पहिराेमा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन्।
उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हाम फालेर ज्यान जाेगाउन सफल भएकी छन् । हाल प्रहरी र स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।





























प्रतिक्रिया