मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने

केन्द्रबिन्दु
75
Shares

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिने निर्णय गरेको हो । शाहलाई विश्वासको मत दिन ह्वीप पनि जारी भैसकेकाे छ।

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् । शाहले नाउपाका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए ।

Logo