काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिची बगैंचा’ घुस प्रकरणमा मुछिएका सुजन लामालाई निलम्बन गरेको छ । यो निर्णय प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले गरेको हो ।
लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुसको बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि यो कदम चालिएको हो ।
यो प्रकरणमा सुजन लामा बिचौलियाको भूमिकामा देखिएका छन् । सार्वजनिक भएको अडिओमा लामाले तत्कालीन मन्त्री राजकुमार गुप्तासँग घुसको बार्गेनिङ गरेको स्पष्ट सुनिन्छ । यो अडिओ भाइरल भएपछि मन्त्री गुप्ताले आफ्नो पदबाट राजीनामा दिन बाध्य भएका थिए । यो घटनाले नेकपा एमालेको आन्तरिक अनुशासन र नैतिकतामाथि पनि प्रश्न उठाएको छ । सुजन लामा गण्डकी प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य थिए ।
उनको संलग्नताले पार्टीभित्र ठूलो हलचल मच्चाएको छ । अडिओ सार्वजनिक भएपछि पार्टीले लामालाई स्पष्टीकरण सोधेको थियो, तर उनको जवाफ चित्तबुझ्दो नभएको भन्दै निलम्बनको निर्णय लिइएको हो ।





























प्रतिक्रिया