काठमाडौं । बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा प्रदर्शनीमा राखिएको सबैभन्दा महंगो गाडी हो, टोयोटाको ल्याण्ड क्रुजर २५० ।
जापनिज ब्राण्डको यो गाडी नेपालमा वैद्य ग्रुप अन्तर्गतको यूनाइटेड ट्रेडर्स सिण्डीकेटले आयात तथा बिक्री गर्दै आएको छ । कम्पनीले अघिल्लो वर्ष नेपाल भित्र्याएको यो गाडी ल्याण्ड क्रुजर प्राडोको नयाँ भर्सन हो ।
यो गाडीको मूल्य ३ करोड ७० लाख रुपैयाँ रहेको छ ।
ल्याण्ड क्रुजर २५०मा ३.५ लिटर भी६ ट्विन टर्बो इन्जीन रहेको छ, जसले ६५० एनएम टर्क उत्पादन गर्दछ । ५ हजार मिमि लम्बाई र १ हजार ९८० मिमि चौडाई रहेको सो गाडीको उचाई १ हजार ९५० मिमि रहेको छ । व्हीलबेस २ हजार ८५० मिमि र ग्राउण्ड क्लियरेन्स २४० मिमिको रहेको छ ।
टोयोटाले यसमा क्रुजकन्ट्रोल, कुल्ड बक्स, रियर क्रुस ट्राफिक अलर्ट, ८ वटा सेन्सर, मल्टी स्पोक स्टेरिङ ह्वील, सनरूफ, एडास फिचर, ८ वटा एयरब्याग, लेदर सिट, अटोमेटिक हाई बीम कन्ट्रोल, ड्युल जोन एसी, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ दिएको छ ।
१२.३ इन्चको इन्फर्मेशन डिस्प्ले उपलब्ध एलसी २५० मा हेडअप डिस्प्ले, हिटर, ग्लोवबक्स, ८ तरिकाले एड्जस्ट गर्न मिल्ने चालक सिट, १० वटा स्पीकर, वायरलेस इन्ट्री पनि पाउन सकिन्छ ।































प्रतिक्रिया