काठमाडौंमा ‘स्टडी इन इण्डिया एक्स्पो सुरु’, ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग साक्षात्कार गर्न पाइने

काठमाडौंमा ‘स्टडी इन इण्डिया एक्स्पो सुरु’, ३० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिसँग साक्षात्कार गर्न पाइने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । अफेयर्स नेपाल प्रालिको आयोजनामा शुक्रबारदेखि काठमाडौंस्थित द एभरेस्ट होटलमा ‘स्टडी इन इण्डिया एक्स्पो’ सुरु भएको छ ।

एक्स्पोमा विद्यार्थीहरुले भारतका विश्वविद्यालयमा भएका कोर्षको बारमा, छात्रवृत्तिको बारेमा जानकारी लिएका थिए । १८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो प्रदर्शनी नेपालकै शिक्षा क्षेत्रमा सबैभन्दा पुरानो मानिन्छ । यसको उद्देश्य भनेको एउटै छतमुनी धेरैभन्दा धेरै टप -याङ्किङ युनिभर्सिटीका प्रतिनिधिहरूलाई ल्याएर विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष रूपमा जानकारी दिनु हो ।

एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्विविधा मेटाउन २०० भन्दा बढी कोर्सका बारेमा जानकारी प्रदान गरिने आयोजक अफेयर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए ।

भारत अध्ययनमा जाने विद्यार्थीका लागि एनओसी व्यवस्थाबारे आयोजकको आफ्नो धारणा राख्दै भने, ‘यो प्रणाली राज्यले विद्यार्थीहरूको विदेश अध्ययन सम्बन्धी तथ्यांक रेकर्ड राख्ने उद्देश्यले ल्याएको हो । जसलाई सामान्य रूपमा लिनुपर्छ । तर, भारत र अन्य ठूला मुलुकबीचको भौगोलिक र सांस्कृतिक सम्बन्ध फरक भएकाले, भारतमा अध्ययन गर्न जानेका लागि यो प्रक्रिया सरल र सहज बनाउनुपर्छ ।’

उनका अनुसार, नेपाल–भारतबीचको खुला सीमा, सांस्कृतिक सम्बन्ध र इतिहासकै कारण भारतमा अध्ययन गर्ने परम्परा लामो समयदेखि रहँदै आएको छ । धेरै अभिभावकका लागि भारतमा छोराछोरी पठाउनु आर्थिक र शैक्षिक दृष्टिले सजिलो विकल्प हो । कतिपय अवस्थामा भारतमा पाउने शिक्षा नेपालमा भन्दा किफायती र गुणस्तरीय हुने पनि उनले बताए ।

त्यसैगरी गुणस्तरीय शिक्षा, पठनिय बातावरण, समयको माग अनुसनरको कोर्ष, स्कलरसिपको व्यबस्थाका जस्ता सुविधाका कारण भारतका विश्वविद्यलय विद्यार्थीको रोजाईमा पर्ने गरेको आइएमएस युनिसनका विश्वविद्यालय स्कुल अफ मास कम्युनिकेशनका डिन निरज खत्रीले बताए ।

विद्यार्थी उज्वल भण्डारीले उच्च शिक्षाका लागि युरोपियन कन्ट्री जाने सोच बनाएको तर यो एक्स्पोमा आए पछि छिमेकी देशमै सस्तोमा आफुले अध्ययन गर्न चाहेको कोर्ष पढ्न पाइने रैछ भन्ने विषयमा जानकारी प्राप्त गरेको बताएका छन् ।

शुक्रवार देखि सुरु भएकोे दुईदिने शैक्षिक मेला ‘स्टडी इन इन्डिया एक्स्पो’ मा भारतका गान्धी इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, परुल युनिभर्सिटी, आदित्य युनिभर्सिटी, आइएमएस युनिसन युनिभर्सिटी, एसआरएम युनिभर्सिटी, डिकन युनिभसिर्टी, एमआईटी वल्र्ड पिस युनिभर्सिटी, अलाइन्स युनिभर्सिटी, आरभी गरि ३० भन्दा बढी विश्वविद्यालयको सहभागिता रहेको छ ।

विद्यार्थीहरुले उक्त कलेजका प्रतिनिधीहरुसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन् । प्रदर्शनीमा सहभागी युनिभर्सिटीहरूले नेपाली विद्यार्थीका लागि विशेष छुटसहितको छात्रवृत्ति योजना ल्याएका छन् । अनुसार कोर्स अनुसार ५० १०० प्रतिशतसम्मको स्कलसिपको व्यवस्था गरिएको छ भने केही युनिभर्सिटीहरूले नेपाली विद्यार्थीलाई ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

दुई दिनसम्म सञ्चालन हुने यस एक्स्पोमा दुई दिनसम्म सञ्चालन हुने यस प्रदर्शनीमा हरेक वर्षझैं यसपटक पनि करिब ५ देखि ६ हजार विद्यार्थी र अभिभावकको सहभागिता रहने अपेक्षा गरिएको छ । एक्स्पो शनिबार सम्म सञ्चालन हुनेछ ।

Skip This
Skip This
Logo