माज्दा सीएक्स ६० नाइमा एक्स्पोमा, यस्ताे छ मूल्य र फिचर

माज्दा सीएक्स ६० नाइमा एक्स्पोमा, यस्ताे छ मूल्य र फिचर

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा मिडसाइज क्रसओभर एसयूभी माज्दा सीएक्स ६० सार्वजनिक भएको छ।

पारामाउन्ट मोटर्सले भित्र्याएकाे यस प्रिमियम एसयूभीको मूल्य १ करोड ५१ लाख रुपैयाँ तोकिएको छ। गाडी २५०० सीसी क्षमताको स्काई अक्टिभ पेट्रोल इन्जिनमा उपलब्ध छ। जसले १८५ हर्स पावर तथा २५० एनएम टर्क प्रदान गर्छ। कारमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन छ।

एक्स्पोमा जापानिज ब्राण्ड माज्दाको सीएक्स ५ एडब्लुडी गाडी पनि देख्न सकिन्छ।
सो गाडीमा २.५ लिटर ईनलाईन ४ डीओएचसी स्क्याटीभ पेट्रोल इनजीन रहेको छ, जसले २५२ एनएम टर्क उत्पादन गर्दछ । ५८ लिटरको इन्धन ट्यांकी रहेको सो गाडीको लम्बाई ४ हजार ५५० मिमि र चौडाई १ हजार ८४० मिमि, ग्राउन्ड क्लियरेन्स २०० मिमि र ब्यागेज स्पेस ५०६ लिटरको रहेको छ ।

Skip This
Skip This
Logo