काठमाडाैं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपाे २०२५ मा इटालियन ब्रान्ड बेनेलीले विशेष छुटसहितको अफर ल्याएकाे छ ।
यस अफरअन्तर्गत स्टलमा पुग्ने ग्राहकले प्यानेरिया स्कुटरमा ५० हजार सम्मको छुट पाउनेछन्। यो अफर एक्सपाे अवधिभर मात्र लागू हुनेछ।
प्यानेरिया १२५ ले नियाे–रेट्रो डिजाइन, आधुनिक सुविधा र उच्च कार्यक्षमता प्रदान गर्छ। १२४ सीसी ईएफआई इन्जिनसहित यो स्कुटरले अधिकतम ८.५ पीएस पावर र ९.२ एनएम टर्क उत्पादन गर्छ। करिब ९० किमी प्रतिघण्टाको अधिकतम गति र ५० किमी प्रति लिटरको माइलेज दिन सक्ने क्षमता यसको विशेषता हो।
यसमा एलईडी हेडलाइट, एनालग–डिजिटल मिश्रित ड्यासबोर्ड, युएसबी चार्जिङ पोर्ट, १२ लिटर अन्डर–सिट स्टोरेज र आरामदायी लेदर–फिनिस सीट जस्ता सुविधाहरू छन्। सुरक्षाका लागि अगाडि १९० एमएम डिस्क ब्रेक र पछाडि १३० एमएम ड्रम ब्रेक जडान गरिएको कम्पनीले जनाएकाे छ ।
नेपालमा बेनेलीकाे आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले प्यानेरियाकाे प्रारम्भिक मूल्य ३ लाख ४९ हजार ९ सय रुपैयाँ ताेकेकाे छ ।





























प्रतिक्रिया