पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा नभएको धारणा राखेका छन् ।
नेपाली कांग्रेसको आयोजनामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैङ्गिक समानताका विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने बताएका हुन् ।
“लैङ्गिक संवेदनशीलता कुनै विशेष वर्गको मात्र मुद्दा होइन, यो समग्र सामाजिक रूपान्तरणको एक महत्वपूर्ण विषय पनि हो, हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सक्छौं भन्ने हाम्रो दृढ विश्वास छ, लैङ्गिक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ”, सभापति देउवाले भने ।
सोसल डेमोक्रेसीको सञ्जालसँग विभिन्न देशका सामाजिक लोकतान्त्रिक राजनीतिक दलहरू आवद्ध रहेको उल्लेख गर्दै सभापति देउवाले यस सञ्जालले एसियाली क्षेत्रको समसामयिक राजनीतिक, आर्थिक र सामाजिक बहसलाई गहिरो र फराकिलो बनाउँदै आएको बताए ।
उनले सोसल डेमोक्रेसीले विकास, समानता र न्यायमा आधारित समावेशी नीति निर्माणका लागि एउटा सशक्त प्लेटफर्मको रुपमा काम गर्दै आएको बताए ।





























प्रतिक्रिया