काठमाडौं । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
निजामती विधेयकमा समावेश दुई वर्षे कुलिङ अफ पिरियडको प्रावधानमा छलछाम गरिएको सम्बन्धमा गठित समितिले आफूमाथि नै दोष थोपरेपछि उनी राजीनामाको मनस्थितिमा पुगेका हुन् ।
निजामती र सरकारी कर्मचारीले अनिवार्य अवकाश वा राजीनामा दिएर सेवानिवृत्त भएपछि दुई वर्षसम्म संवैधानिक आयोग, सरकारी लगायतका नियुक्ति लिन नपाउने गरि समितिले कुलिङ अफ पिरियडको व्यवस्था पारित गरेको थियो । तर, विधेयकको प्रतिवेदन लेखनका क्रममा समितिले सर्वसम्मत पारित गरेको प्रावधान खण्डित हुने व्यवस्था कायमै राखिएको थियो ।
त्यसपछि छलछाम कसले गरेको भन्ने पत्ता लगाउन कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्वमा गठित संसदीय विशेष समितिले राजनीतिक र नैतिक जिम्मेवारी सभापति खतिवडाले लिनुपर्ने छानबिन विशेष समितिको प्रतिवेदनमा निष्कर्ष निकालेपछि उनी नैतिक संकटमा परेका हुन् ।





























प्रतिक्रिया