भोजपुर । अकबरे खुर्सानीमा रोगको प्रकोप बढेसँगै भोजपुरका किसान समस्यामा परेका छन् । फलमा डढुवा लाग्ने, किरा लाग्ने, बोटमै सुक्ने, फल झर्ने लगायतका रोग देखिँदा किसानको श्रम र लगानी जोखिममा परेको हो ।
लटरम्म फल लागेका बोटमा रोग देखिएपछि धेरै किसान खुर्सानी उखालेर फाल्न बाध्य भएका छन् । खुर्सानीमा फलमा डढुवा लाग्ने, किरा लाग्ने, पात कुप्रो हुने, डाँठ कुहिने र बोट पहेँलो हुने समस्या देखिएको कृषक गीता विष्टले बताउनुभयो । करिब एक हजार पाँच सय बोट खुर्सानी लगाएकोमा आधा भन्दा जसो बोट रोगले क्षति गरेको उनको भनाइ छ ।
व्यावसायिक रुपमा खेती गरिरहेका गाउँका अन्य किसानले पनि यस्तै समस्या भोगिरहेका छन् । एउटा बोटमा देखिएको रोग केही दिनमै अन्य बोटमा फैलिने गरेको किसानको अनुभव छ । पछिल्लो समय भोजपुरमा व्यावसायिक रुपमा खुर्सानी खेती गर्ने किसानको संख्या बढिरहेको छ । तर, रोग–किराको प्रकोपले यस वर्ष उत्पादन घट्ने अवस्था रहेको किसानको अनुमान छ ।





























प्रतिक्रिया