उपसभामुख प्रकरणमा सीआईबीले थाल्याे अनुसन्धान

उपसभामुख प्रकरणमा सीआईबीले थाल्याे अनुसन्धान

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । उपसभामुख इन्दिरा राना मुछिएको मानव तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान थालेको छ ।

उपसभामुख राना प्रमुख रहेको तत्कालीन प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थामार्फत केही बालबालिका अवैध रूपमा विदेशी नागरिकलाई धर्मपुत्रका रूपमा दिएको खुलेपछि सीआईबीले चासो राखेको हो ।

विभिन्न माध्यममार्फत पीए नेपालमार्फत बालबालिकाको अवैध ओसारपसारबारे खबर बाहिरिएका थिए ।

Logo