रास्वपाका नेता अरनिको पाँडे पक्राउ

रास्वपाका नेता अरनिको पाँडे पक्राउ

केन्द्रबिन्दु
48
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडे पक्राउ परेका छन् ।

साइबर अपराध सम्बन्धी उजुरी परेपछि आफै साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको हाे । एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन्।

पाँडे उपस्थित भएपछि आवश्यक अनुसन्धान र प्रक्रिया अघि बढाइएको छ । उनलाई आज म्याद थप गर्ने तयारी गरिएको छ।

Logo