काठमाडौं । यामाहा नेपालले आफ्नो सेवा यात्रालाई अझ नजिक ल्याउँदै गोरखा नगरपालिका–६ मा नयाँ ‘थ्रीएस’शोरुम – चन्दा सप्लायर्स सुरु गरेको छ। अब गोरखाका ग्राहकले बिक्री, सेवा र जेनुइन स्पेयर पार्ट्स एउटै छानामुनि सहजै पाउने भएका छन्।
नयाँ शोरुमको औपचारिक उद्घाटन गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले गरे। कार्यक्रममा एमएडब्लु राइड्स प्रालिका सीईओ दीपककुमार अग्रवाल विशेष अतिथिका रूपमा सहभागी थिए ।
समर्पित टोली र अत्याधुनिक पूर्वाधारसहित चन्दा सप्लायर्सले गोरखाका बाइकप्रेमीलाई यामाहाको भरपर्दो थ्रीएस अनुभव दिने जनाएको छ। बिक्री परामर्शदेखि सर्भिस र स्पेयर पार्ट्ससम्म सबै सुविधा एकै ठाउँमा उपलब्ध हुने भएकाले ग्राहक अनुभव अझ सहज र विश्वसनीय हुने अपेक्षा गरिएको छ।
उद्घाटनकै दिन यामाहाले उत्साह थप्ने गरी आफ्ना लोकप्रिय एफजेड र एमटी शृङ्खलाका नयाँ भेरिएन्ट पनि सार्वजनिक गर्यो। स्टाइल र एडभान्स्ड फिचरसहितका यी मोडलले नेपाली राइडरलाई अझ धेरै विकल्प थपेका छन्।
यस नयाँ शोरुम र नयाँ मोडल लन्चसँगै यामाहाले आफ्नो फैलिँदो सञ्जाललाई अझ सुदृढ बनाएको छ। अब गोरखा र आसपासका राइडरले यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस र स्पेयर पार्ट्स सहजै पाउनेछन्।































प्रतिक्रिया