काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम उद्घाटन गरेको छ । सिप्रदीले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गर्दै जीएआरएस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधिकारिक डिलर चयन गरेको हो ।
सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल र जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा मंगलबार शोरूम उद्घाटन गरेका थिए। नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिमभरका ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडल-टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी-सजिलै खरिद गर्न सक्नेछन्।
त्यस्तै, आइसिइ मोडलअन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन्। पंचले नेपाली बजारमा सिटी एसयूभीका रूपमा लोकप्रियता पाएको छ भने सफारीले आफ्नो मजबुत बनावट, लक्जरी सुविधा र सुरक्षा विशेषताका कारण विशेष स्थान बनाएको छ।
सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो अफ्टर–सेल्स सेवा तथा ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
सिप्रदी ट्रेडिङको डिलर सेल्स विभागका सिनियर म्यानेजर मेघराज ढुंगेलले धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको बताए । सोही कार्यक्रममा टाटाको गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण पनि गरिएको कम्पनीले जनाएको छ।





























प्रतिक्रिया