कर नीति र बैंकिङ नीतिलाई स्वतन्त्र व्यवसायको हिसाबले हेर्न आवश्यक छ -चेम्बर अध्यक्ष अग्रवाल

कर नीति र बैंकिङ नीतिलाई स्वतन्त्र व्यवसायको हिसाबले हेर्न आवश्यक छ -चेम्बर अध्यक्ष अग्रवाल

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालमा करको संरचना सकल गार्हस्थ्य उत्पादनको अनुपातमा दक्षिण एसियामै राम्रो रहेको बताएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको ‘केन्द्रबिन्दु ईभी बज-पोलिसी डिस्कोर्स २०८२’ मा बोल्दै अध्यक्ष अग्रवालले पेट्रोलियम पदार्थमा लगाइएको २५० देखि ३५० प्रतिशतसम्मको उच्च कर अत्यधिक रहेको धारणा राखेका हुन् ।

अध्यक्ष अग्रवालले नेपालमा स्थिर नीतिको अभाव रहेकोमा जोड दिए । चेम्बर अफ कमर्सले विद्युतीय सवारीसाधनलगायतका विषयमा सरकारलाई दिएका धेरै सुझावहरू सकारात्मक रूपमा आएकोमा उनले सन्तोष व्यक्त गरे ।

उनका अनुसार अटोमोबाइल व्यवसाय मानिसको आम्दानीसँग प्रत्यक्ष जोडिएको छ। यसकारण, कर नीति र बैंकिङ नीतिलाई स्वतन्त्र व्यवसायको हिसाबले हेर्नुपर्ने आवश्यकता छ । उनले छिमेकी देशहरूको करको दायरालाई अध्ययन गरी सोही अनुसारको व्यवस्था गर्न सुझाव दिए ।

Logo