काठमाडौं । मंगलबार एनसेलको केन्द्रीय कार्यालयमा आन्दोलनकारीहरुले तोडफोड गर्दा सेवा अवरुद्ध भएको छ।
दूरसञ्चार जस्तो अत्यावश्यक र सार्वजनिक सम्पत्तिमा भएको क्षतिले समग्र सञ्चार सेवामा अवरोध पुगेको छ।
कम्पनीले यस्ता अत्यावश्यक सेवा र सम्पत्तिमा क्षति नपुर्याइदिन सबैमा अनुरोध गरेको छ।
साथै, ग्राहकहरुलाई सञ्चारमा सहज पहुँच सुनिश्चित गर्न आजदेखि आगामी दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको जानकारी पनि दिएको छ।
एनसेलले संकटको यस घडीमा देश-विदेशमा रहेका आफ्ना आफन्तजनहरुसँग सम्पर्कमा रहन सेवाग्राहीलाई आग्रह गरेको छ।





























प्रतिक्रिया