काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले पार्टी छाडेको हल्ला अफवाह भएको बताएकी छन्। देशलाई शून्यबाट उठाउनुपर्ने भन्दै यस्तो अवस्थामा अफवाहमा रमाउन नहुने उनकाे धारणा छ ।
उनले भनेकी छन्, ‘तोसिमा कार्कीले पार्टी छोड्यो भन्ने समाचार लेख्न भ्याईसक्नुभएछ ।अरे यार, मेरो बारेमा लेख्नु अघि कम्तिमा मालई त सोध्नुस्। तोसिमाले के गर्छ या गर्दैन भन्ने चिन्ता लिनु साटो आफूले चाहिँ यो देशको लागि के गर्न सक्छु भनेर सोच्नुस् न।देशलाई सुन्यबाट उठाउनु छ, यस्तो बेला कृपया सन्चार माध्यमहरुले पनि मानिसलाई अलमलाउने काम नगरिदिनुहोला।’
आइतबार नै रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडेकी छन्।





























प्रतिक्रिया