काभ्रे
प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेल नगरपालिकाको मोवाईल एप्लिकेशन टेलिफोन गरी शुभारम्भ गरेका छन् । काठमाडौको सोल्टी होटलबाट प्रधानमन्त्री ओलीले कर्मचारीलाई टेलिफोन गरी उक्त एप्लिकेशनको शुभारम्भ गरेका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित ‘डिजिटल नेपाल कन्फरेन्स’ को शुभारम्भकै बीचमा स्थानीय सरकारहरुमा प्रयोग गर्न लागिएको एप्स धुलिखेल नगरपालिकामा शुभारम्भ गरिएको हो । प्रधानमन्त्री ओलीले डिजिटल नेपाल बनाउने अभियानमा स्थानीय सरकारहरुलाई डिजिटल सरकार बनाउने प्रयास स्वरुप तयार गरिएको एप्सको उद्घाटन गरेका थिए । ‘डिजिटल नगरपालिका बनाउने कदमको शुरुवात एप्सबाट भएको छ’–प्रमुख प्रशासकिय अधिकृत महेश बरालले भने –‘संचार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्री गोकुल बाँस्कोटाको विशेष पहलमा धुलिखेल नगरपालिकामा उक्त एप्लिकेशन तयार भएको हो ।’
एप्लिकेशनमा नगरपालिकाले प्रदान गर्ने सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा वितरण, महत्वपूर्ण स्थानहरु, जनमत लगायतको फिचरहरु समावेश गरिएका छन् । आवश्यकता अनुसार उक्त एप्समा फिचरहरु थप्न सकिने बरालले बताए । नागरिकहरुले नगरपालिकाले प्रदान गरेका सेवामा प्रत्यक्ष कुरा समेत गर्न सक्ने उक्त एप्सको प्रयोगले नगरपालिकाले योजना निर्माण देखि कार्यान्वनसम्म हुने अपेक्षा गरिएको छ । नगरपालिकाले धुलिखेल बुझ्न चाहनेहरुका लागि र घुम्न चाहनेहरुका लागि सहयोग पनि हुनेछ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया