कर्णाली । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा हिजाे बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको जिम्मेवारीमा रहेका कार्कीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेका हुन् । निर्देशक कार्की चन्दननाथ नगरपालिका–५ जुम्ला निवासी हुन् ।
मुख्य अनुसन्धान निर्देशक हुतराज थापाको तीन वर्षे पदावधि यही गत भदौ २८ गते पुरा भएर अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो । नवनियुक्त प्रमुख कार्की विसं २०५३ मा अनुसन्धान अधिकृतबाट सेवा प्रवेश गरेका हुन् ।





























प्रतिक्रिया