भारतले भूकम्पपछिको पुनर्निमाणका लागि दिने भनेको सहयोग रकम आज हस्तान्तरण गरेको छ । शुक्रवार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रवार दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ । गोरखा र नुवाकोटका ४२ हजार ८६ वटा निजी घर निर्माणका निम्ति अनुदानस्वरुप उक्त रकम नेपाल सरकारलाई पुनर्भुक्तानी भएको हो ।
त्यस अवसरमा राजदूत पुरीले नेपाल–भारत सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल र उनका नेपाली समकक्षी प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबाट नयाँ उचाइमा पुगेको बताए ।































प्रतिक्रिया