आगलागी तुरुन्त नियन्त्रणका लागि नगरका भित्री भागमा पानी राख्ने ट्यांकी अग्नि नियन्त्रक उपकरणको व्यवस्था हुन सकेको छैन । "/>

राजधानीमै रिजर्भ ट्यांकी र अग्नि नियन्त्रक उपकरणको अभाव

राजधानीमै रिजर्भ ट्यांकी र अग्नि नियन्त्रक उपकरणको अभाव

केन्द्रबिन्दु
0
Shares

आगलागी तुरुन्त नियन्त्रणका लागि नगरका भित्री भागमा पानी राख्ने ट्यांकी अग्नि नियन्त्रक उपकरणको व्यवस्था हुन सकेको छैन ।

महानगरको नागबहालमा मात्रै यस्तो सुविधा भएपनि नगरका अधिकांश भाग आगलागीको जोखिम रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । “दमकल छिर्ने बाटोसमेत नभएका यी स्थानमा त्यस्ता उपकरणको व्यवस्थासहित स्थानीयवासीलाई तालीम दिनसके आगलागी नियन्त्रणमा आउन सक्छ । ” उनले भने, “आगलागी नियन्त्रण समयमै हुँदा ठूलो धनजनको क्षति हुनबाट जोगाउन सकिन्छ तर त्यसको व्यवस्थापन गर्न नसकिएकाले हिउँदमा आगलागीको जोखिम हुन्छ ।”

साँघुरो बाटोका कारण नगरका भित्री भागमा दमकल लैजान कठिन रहेको प्रमुख महर्जनले बताए । चोकको भित्र आगलागी हुँदा गाडीलाई जाने ठाउँसम्म लगेर त्यहाँबाट रोलिङ गर्दै लानुपर्छ । रोलिङ घर माथिबाट आगो लागेको स्थानसम्म पु¥याउँदा बढी समय लाग्ने र क्षति बढ्ने भएकाले स्थानीयस्तरमा नै अग्नि नियन्त्रक उपकरण हुँदा सजिलो र चाँडो हुन्छ ।”

केही वर्ष पहिले जापानी सहयोग नियोगले रिजर्भ ट्यांकी निर्माण र अग्नि नियन्त्रक उपकरणको खरीदका लागि आर्थिक र प्राविधिकरुपमा सहयोग सहित स्थानीयवासीलाई आगो नियन्त्रणको उपायसमेत सिकाएको थियो ।

Skip This
Skip This
Logo