प्रत्यक्ष निर्वाचित कार्यकारी अनिवार्य हुनुपर्छ, भ्रष्ट नेताहरूमाथि छानविन गरौं -डा‍. बाबुराम भट्टराई

प्रत्यक्ष निर्वाचित कार्यकारी अनिवार्य हुनुपर्छ, भ्रष्ट नेताहरूमाथि छानविन गरौं -डा‍. बाबुराम भट्टराई

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पद त्यागेका डा‍. बाबुराम भट्टराईले राजनीति स्थायित्वका लागि जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन अनिवार्य भएको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यो कुरामा जोड दिएका हुन् । जेनजी विद्रोहका क्रममा फरार भएका भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्केर सलबलाई रहेको उनको टिप्पणी छ ।

उनीहरुको अकुत सम्पत्तिको छानबिनको माग राख्दै उनले भनेका छन्, ‘‘भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छ, त्यसलाई छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्छ । यो बिना भ्रष्टाचार अन्त्य हुन सक्दैन ।’

Logo