काठमाडौँ
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले शनिवार शिक्षण अस्पताल पुगी डा गोविन्द केसीलाई भेट गरेका छन् । भेट पछि बैद्यले केसीको स्वास्थ्यबारे जानकारी लिए ।
अध्यक्ष वैद्यले डा केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताएको डा केसीका सहयोगी विशद दाहालले जानकारी दिए । साँझ अस्पताल पुगेका उनले डा केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नपनि आग्रह गरेको दाहालले बताए ।
चिकित्सा शिक्षा क्षेत्रको माग राखेर डा केसी १५ औँ पटकको २्३ दिनको आमरण अनसनमा छन् । असार १६ मा जुम्लामा अनसन शुरु गरेका डा केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएपनि उनले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आएका छन् । साधारण स्लाइन मात्र लिने बताएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनैपनि समयमा अप्ठेरोमा पर्न सक्ने बताइएको छ ।
रासस































प्रतिक्रिया