प्रचण्डले गरे अब आफू माओवादीको अध्यक्ष नरहेको घोषणा

प्रचण्डले गरे अब आफू माओवादीको अध्यक्ष नरहेको घोषणा

केन्द्रबिन्दु
57
Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू पार्टीको अध्यक्ष नरहने घोषणा गरेका छन्।

केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन् । उनले भनेका छन्, ‘म अब अध्यक्ष छैन । संयोजक भएँ ।’ उनको भनाइको मुख्य आशय पार्टीको केन्द्रीय कमिटी भंग गर्ने र विशेष राष्ट्रिय महाधिवेशनको तयारीका लागि आफू संयोजक रहेको आयोजक समिति बनाउने प्रस्तावलाई केन्द्रित थियो।

माओवादी केन्द्रले आगामी मंसिर महिनामा विशेष राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरेको छ, जसले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । प्रचण्डको यो घोषणालाई माओवादी केन्द्रको ३५ वर्षदेखिको नेतृत्वमा भइरहेको आन्तरिक दबाब र परिवर्तनको मागलाई सम्बोधन गर्ने प्रयासको रूपमा पनि व्याख्या गरिएकाे छ ।

Logo