जेनजी आन्दोलनका भाइरल युवाले गरे आफ्नै आमाको हत्या

जेनजी आन्दोलनका भाइरल युवाले गरे आफ्नै आमाको हत्या

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीसँग विवाद गरेर भाइरल भएका एक युवा आफ्नै आमाको हत्या अभियोगमा पक्राउ परेका छन् ।

गएराति धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेलले ५५ वर्षीया आमा राममाया कँडेलको हत्या गरेका हुन् ।

हत्या गरेको खबरपछि जिल्लाबाट डिएसपी प्रकाश दाहालको टोली घटनास्थलमा खटिएको थियो । यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको छ । उनलाई आइतबार राति ९ बजे नै पक्राउ गरिएको हो। प्रहरी घटनास्थल पुग्दा आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएका थिए ।

यमबहादुरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको छ। उनले किन आफ्नै आमाको हत्या गरे भन्ने नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Logo