यो सरकार संविधानअनुसार होइन, बलमिच्याँइले बन्यो -अध्यक्ष ओली

यो सरकार संविधानअनुसार होइन, बलमिच्याँइले बन्यो -अध्यक्ष ओली

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको बताएका छन् ।

भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशको परिस्थिति पनि असाधरण रहेको उल्लेख गरेका हुन् । ओलीले भने, ‘देशमा सरकार छ। तर संधिवान अनुसार बनेको छैन। बलमिच्याइँले बनेको छ।’

उनले थप भनेका छन्, ‘अहिलेको प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो, प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो ।’ संसद् भंग नभए देशमा जेनजीले आगो बाल्छ भनेर चेतावनी दिएको समेत उनको भनाइ थियो ।

एमाले भक्तपुर जिल्ला कमिटीले सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै कार्यकर्ता भेलाको आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहीत एमालेका अन्य शीर्षस्थ नेताहरू पनि सहभागी छन् ।

Logo