लिग -२ मा आज नेपाल र अमेरिका भिड्दै, पहिलो जितको खोजी

लिग -२ मा आज नेपाल र अमेरिका भिड्दै, पहिलो जितको खोजी

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को खेलमा आज नेपाल र अमेरिकाबीच भिडन्त हुँदैछ । दुबईको मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने यो एकदिवसीय खेलमा नेपाल पहिलो जितको खोजीमा छ ।

यसअघि भएकाे खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएकाे थियाे ।

अहिले लिग–२ को अंक तालिकामा अमेरिका शीर्षस्थानमा छ । २२ खेलमा १६ जितसहित अमेरिकाकाे ३२ अंक हुँदा नेपाल १८ खेलमा ५ जितसहित १२ अंकमा सातौं स्थानमा छ।

Logo