सिन्धुपाल्चोक

उत्तरी चीन जोड्ने परम्परागत र मुलुकको एक मात्र ठुलो तातोपानी नाका विगत ३ वर्ष देखि ठप्प छ । "/>

सुनसान छ तातोपानीको लिपिङ् बजार : अर्बौंको राजस्व गुम्दै

सुनसान छ तातोपानीको लिपिङ् बजार : अर्बौंको राजस्व गुम्दै

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक

उत्तरी चीन जोड्ने परम्परागत र मुलुकको एक मात्र ठुलो तातोपानी नाका विगत ३ वर्ष देखि ठप्प छ । ०७२ वैशाख १२ को भूकम्पपछि नाका बन्द भएको हो । लगत्तै एक वर्षपछि ०७३ असार २२ गतेको भोटेकोशी बाढीले तिब्बत र तातोपानी नाका सम्मै ठूलो भौतिक क्षती पुर्याएपछि नाका खुल्ने नखुल्ने अहिले सम्म अनिश्चित छ ।

भूकम्पपछि चीन प्रवेशको मितेरीद्वार बन्द छ । कुनै समय व्यापारीहरु र घुमन्तेहरुले भरिने खासा क्षेत्र अहिले मानवविहीन छ । तिब्बती क्षेत्रलाई सुरक्षाकर्मीले सुरक्षा दिइरहे पनि बसोवास र आवात जावतमा रोक लगाइएको छ । भूकम्पपछि तातोपानी क्षेत्र पनि लामो समय मानवविहीन बन्यो । नाका खुल्ने आशै आशमा विस्तापित स्थानीय तातोपानी फर्कदै गर्दा बाढीको कहर निम्तियो ।

बाढीले भूकम्पमा बचेका झन्डै सय वटा घरलाई नाकाको निकै तलसम्म अरनिको राजमार्गले गाडिदियो । यता तातोपानीको खासगरी लिपिङ् क्षेत्र मानवविहीन छ । बाढीले निम्ताएको विनासलिला उस्तै छ । नदी नियन्त्रणको प्रयास भएको छैन । भूकम्पले खसालेको चट्टानी पहाड अझै पन्छाएको छैन । सञ्चालनमा रहँदा दैनिक दशौं हजार जमघट हुने यो नाका यति बेला दिउँसै हिडडुल गर्न पनि डर लाग्दो छ ।

नुन, चामल, खुर्सानी सतहीबाट सुरु नेपाल चीन व्यापार आधुनिक बन्दै जाँदा पछिल्लो समय २० अर्बको सामान आयात हुन थालेको थियो । त्यस वापत राज्यले मात्र वार्षीक २ अर्ब रुपैयाँ राजश्व संकलन गर्थ्यो । नाका बन्द भएपछि त्यो गुम्दै आएको छ । राजधानी काठमाडौं जोड्ने यो नाका खुलाउन सरकारको पहल पुगेको छैन ।
नागरिकबाट

Logo