सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन

केन्द्रबिन्दु
42
Shares

काठमाडौैं । काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् । शनिबारबाट सुरु हुन लागेको नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि एमालेको शुक्रबार बसेको सचिवलयले सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् । डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनीत भएकी हुन् ।

Logo