काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ महाधिवेशनमा पदाधिकारीमा पराजित भएका नेता विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि हारेका छन्।
एमाले केन्द्रीय निर्वाचत आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार, रिमालले केन्द्रीय सदस्यमा ६३० मत मात्रै पाएका छन्। केन्द्रीय सदस्यमा निर्वाचित हुने उम्मेदवारले कम्तिमा १ हजार ५०० मत पाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता रिमाल यसअघि उपमहासचिवमा पनि पराजित भएका थिए। उनले १ हजार ९१ मत पाएका थिए।































प्रतिक्रिया