अब एमालेभित्र कुनै गुट र प्यानल छैन -अध्यक्ष ओली

अब एमालेभित्र कुनै गुट र प्यानल छैन -अध्यक्ष ओली

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएका छन् ।

११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ निर्वाचित केन्द्रीय कमिटीले निष्ठा र उत्साहका साथ सो जिम्मेवारी पुरा गर्नुपर्ने बताएका हुन् । उनले एमालेको ११ औँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको बताउँदै एमालेको महाधिवेशन हरेक कोणबाट सफल महाधिवेशन भएको दाबी गरे ।

ओलीले पार्टी भित्र समय समयमा केही केही समस्या देखिएको बताउँदै उनले आगामी दिनमा त्यस्ता कमजोरीहरू प्रकट नहुन् भन्ने कामना गरे । ‘हाम्रो एक आवाज हुनुपर्दछ, दोस्रो विधान महाधिवेशनले पास गरेको नीति अनुसार हामी अगाडि बढ्ने छौँ, बेतालमा बेसुरमा होइन, हामी तालमा अगाडि बढ्ने छौँ,’, उनले भने ।

ओलीले असन्तुष्टि नेतृत्व समक्ष मौखिक वा लिखत रूपमा पेस गर्न निर्देशन दिए । पार्टी भित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा गएर नपोख्न उनले आग्रह गरे ।

सामाजिक प्राणी हुनुको नाताले अनुशासन अपरिहार्य भएको उनले स्मरण गराउनुभयो । समाज हुनको लागि अनुशासन अपरिहार्य रहेको आलीले स्पष्ट पारे । उन्नत समाज निर्माणको अग्रदस्ता राजनीतिक पार्टी र ती मध्य पनि अग्रदस्ताको रूपमा रहेको एमाले भित्र दृढ अनुशासन अपरिहार्य रहेको उनले बताए । एमाले झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो अनुशासनहीन पार्टी नभएको उनले स्पष्ट पारे ।

सामूहिक प्रयास र हितका विरुद्ध मेरो निजी कुरा भनेर चल्न नमिल्ने ओलीले बताए । पार्टीको बैठक पनि अति अनुशासित रूपमा चल्ने आलीले स्पष्ट पारे ।

एमालेका विरुद्ध अनेक भ्रम फिँजाइएको बताउँदै उनले यस्ता कुराबाट प्रभावित नहुन नेताहरूलाई आग्रह गरे । अब एमालेभित्र कुनै गुट र प्यानल नभएको बताउँदै उनले अब एमाले एक ढिक्का भएर अगाडि बढ्ने स्पष्ट पारे ।

देश अहिले अप्ठेरो अवस्थामा रहेको बताउँदै ओलीले त्यो अप्ठेरोबाट देशलाई हज बाटोमा ल्याउने काम एमालेले गर्ने उनले बताए । ‘हामी गर्छौँ त्यो, नत्र कसले गर्छ त यो देशमा ? अप्ठेरो अवस्था आयो, नेकपा एमाले बाहेक अन्य बोल्ने शक्ति नै देखिएन त’, ओलीले भने ।

Skip This
Skip This
Logo