काठमाडौं। त्रिभुवन विश्वविद्यालयले आगामी पुस १० गते ५१औँ दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । त्रिविले शुक्रबार पत्रकार सम्मेलनमार्फत दीक्षान्तको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
त्रिविका अनुसार २०८१ असार १ देखि २०८२ जेठ ३१ सम्मको एक शैक्षिक सत्रमा स्नातकदेखि विद्यावारिधि (पीएचडी) तहसम्म उत्तीर्ण गर्ने विद्यार्थी संख्या ८९ हजार १९९ रहेको छ। तीमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्तमा सहभागी हुन आवेदन दिएका छन्।
आवेदन दिने विद्यार्थीमध्ये स्नातक तहका ११ हजार २३४, स्नातकोत्तरका ४ हजार ८६०, दर्शनाचार्यका १२० र विद्यावारिधिका १५२ जना छन्। साथै करिब २४ हजार अभिभावक सहभागी हुने जनाइएको छ ।
दीक्षान्त समारोह कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने र आमन्त्रित अतिथिसहित ४० हजारभन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको छ ।
यस वर्षको दीक्षान्तको विशेष आकर्षणका रूपमा नोबेल पुरस्कार विजेता जापानी वैज्ञानिक ताकाआकी काजिता प्रमुख अतिथि रहनेछन्। त्रिविको दीक्षान्तमा पहिलो पटक नोबेल विजेता सहभागी हुन लागेका हुन्।































प्रतिक्रिया