पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन – अध्यक्ष ओली

पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन – अध्यक्ष ओली

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अन्य पार्टीले बोल्ने मात्र तर गरेर नदेखाएको बताएका छन् ।

शुक्रबार आयोजित नेकपा एमालेको केन्द्रीय कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ भनेर अरुले कुरा मात्र गर्ने भन्दै एमालेले त्यो काम गरेर देखाएको बताएका हुन् ।

पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा नभएको भन्दै यो कुनै सानो कुरा नभएको उनको भनाई छ ।

उनले भने, ‘नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ भनेर अरुले कुरा गर्छन् । हस्तान्तरण पुस्तान्तरणका कुरा गर्छन् अरुले हामी कामबाट देखाउछौँ । हामीले देखाएका पनि छौँ । हामी भित्र यस्तो सन्तुलनकारी केन्द्रीय कमिटि छ । नयाँ पुस्ता पनि भरपूर छ, महिलाहरुको राम्रो सहभागिता छ । यत्रो पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन ।’

यस्तै, उनले देश जटिल अवस्थालाई सजिलो अवस्थामा पुर्याउने अभिभारा पार्टीको काँधमा रहेको भन्दै नेकपा एमाले बाहेक यो काम कसैले गर्न नसक्ने बताए ।

Skip This
Skip This
Logo