संघीय यात्रामा मेयरहरू, स्थानीय तह कार्यवाहक नेतृत्वमै सीमित हुने सम्भावना

संघीय यात्रामा मेयरहरू, स्थानीय तह कार्यवाहक नेतृत्वमै सीमित हुने सम्भावना

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ । काठमाडौँ, भरतपुर र धरानका मेयरहरू संघीय संसदतर्फ उन्मुख भएपछि स्थानीय तहको राजनीतिमा नयाँ बहस सुरु भएको छ । यही उनीहरुले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिए हालको पद छाड्नुपर्नेछ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह रास्वपासँगको सहमतिपछि संघीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्। भरतपुरकी प्रमुख रेनु दाहाल चितवन–३ बाट उम्मेदवार बन्ने तयारीमा छिन् भने धरानका मेयर हर्क साम्पाङले नयाँ पार्टी खोलेर निर्वाचनको बाटो रोजेका छन्।

कानुनअनुसार बहालवाला मेयरले प्रतिनिधिसभा निर्वाचन लड्न पदबाट राजीनामा दिनुपर्छ। तर स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन अब एक वर्षभन्दा कम समय बाँकी रहेकाले रिक्त पदमा उपनिर्वाचन हुने सम्भावना न्यून देखिएको छ ।

सरकार र निर्वाचन आयोग यस वर्ष राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमै केन्द्रित भएकाले स्थानीय तहमा नयाँ निर्वाचनको सम्भावना झनै कमजोर बनेको छ । यसले संघीय राजनीतिमा नयाँ अनुहार थपिँदै जाँदा स्थानीय तह भने कार्यवाहक नेतृत्वमै सीमित हुने संकेत दिएको छ ।

Logo