इक्यानको उपाध्यक्षमा रत्नबहादुर भट्टराईको उम्मेदवारी घोषणा

इक्यानको उपाध्यक्षमा रत्नबहादुर भट्टराईको उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को उपाध्यक्षमा रत्नबहादुर भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् ।

पुस २८ गते काठमाडौंमा हुने २०औं साधारणसभाका लागि अध्यक्षका प्रत्यासी दीपकराज भुसालको प्यानलबाट भट्टराईले उम्मेदवारी दिने भएका हुन् । शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव सँगालेका भट्टराई हाल इक्यानको कार्यसमितिमा सचिव भएर काम गरिरहेका छन् ।

इक्यानमा दुई कार्यकाल कार्यसमिति सदस्य भएका भट्टराई अनुशासन विभागको संयोजक भएर काम गरिसकेका छन् ।

सरकारसँग आवश्यक समन्वय र पैरवीका लागि आन्तरिक मामिला विभाग गठन गरी गरिएको हो । दुईपटक कार्यसमिति सदस्य र एक कार्यकाल सचिव भएर काम गरिसकेपछि उपाध्यक्षको स्वभाविक दावेदार आफू रहेको र देशभरका इक्यान सदस्यहरुको विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहने भट्टराईको दावी रहेको छ ।

नोबल एजुकेशन प्रालिका सञ्चालक भट्टराईले इक्यानलाई थप सशक्त, सदस्यमैत्री र व्यावसायिक संस्था बनाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए ।संस्थागत सुधार र सदस्यहरूको व्यावसायिक सुरक्षालाई मुख्य प्राथमिकता दिने उनको प्रतिबद्धता व्यक्त गरेका छन् ।

Skip This
Skip This
Logo