काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ।
बालेन शाह र कुलमान घिसिङसँग पार्टी एकता भएपछि पहिलोपटक पार्टी सभापति रवि लामिछानेको आह्वानमा पार्टी केन्द्रीय समितिको बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने तय भएको हो ।
बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल हुने बताइएको छ।





























प्रतिक्रिया