धनुषा ३ मा एमालेबाट जुलीकुमारी महतो एकल सिफारिस

धनुषा ३ मा एमालेबाट जुलीकुमारी महतो एकल सिफारिस

केन्द्रबिन्दु
33
Shares


काठमाडौं । फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री जुलीकुमारी महतोको नाम एकल रूपमा सिफारिस गरेको छ ।

शनिबार बसेको एमाले धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटी बैठकले महतोको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको एमाले नेता सन्जीव मण्डलले बताएका छन् ।

महतो २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

Logo