काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी कार्यकालका लागि वर्तमान महासचिव दीपकराज भुसालले अध्यक्ष पदमा रणनीतिक एजेन्डासहित चुनावी मैदानमा होमिएका छन् । उनले आज उम्मेदवारी दर्ता गराएका हुन् । इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डे समर्थक र निवर्तमान अध्यक्ष शेषराज भट्टराई प्रस्तावक भएर भुसाललाई अध्यक्षमा अगाडि बढाएका हुन् ।
पाण्डे र भट्टराईको समर्थनले अध्यक्षमा भुसालको दावीलाई झनै सशक्त बनाएको छ । यसलाई संघको संस्थागत निरन्तरता, स्थायित्व र व्यावसायिक प्रतिष्ठाको प्रतीकका रूपमा हेरिएको छ । पाण्डेको कार्यकाल नीतिगत कडाइ, अनुशासन र पारदर्शिताका लागि चिनिएको थियो भने भट्टराईले चुनौतीपूर्ण परिस्थितिमा पनि संवाद, समावेशिता र सदस्य–केन्द्रित नेतृत्वमार्फत संघलाई स्थिर दिशामा अघि बढाएका थिए । अब त्यो मार्गलाई भुसालले गति दिनेछन् ।

२०६६ सालमा इक्यानको सदस्यता लिएका उनले विभिन्न पद हुँदै दुईपटक महासचिवको कार्यकालमा सफलतापूर्वक आफ्नो भूमिका निभाएका छन् ।
यही पुस २८ गते काठमाडौंमा आयोजना हुने इक्यानको २०औँ वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।
यस्तो छ भुसालको प्यानल
अध्यक्ष
दीपकराज भुसाल
उपाध्यक्ष
फिलिप कुमार डाँगी क्षेत्री
मन्जित ढकाल
रत्नबहादुर भट्टराई
विकल्प राज पोखरेल
महासचिव
भवनाथ हुमागाई
सचिव
आशिक कार्की
सुरज सिलवाल
कोषाध्यक्ष
उमा खड्का पाठक
सह–कोषाध्यक्ष
गोविन्द खनाल
कार्यसमिति सदस्य
अनन्तराज घिमिरे
अशोक कुमार हाथी
उद्धव बन
कमल प्रसाद तिमल्सिना
दामोदर शर्मा
नवराज नेपाल
बसन्त पाण्डे
विवेक बस्नेत
सन्जिब पाण्डे





























प्रतिक्रिया