काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । १ बजे भृकुटीमण्डपमा उद्घाटन हुने कार्य तालिका रहेको छ ।
विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिमध्ये १२ बजेसम्म ६ सयभन्दा बढीले नाम दर्ता गराइसकेका छन् । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको थियो ।
देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ । प्रचार–प्रचार समितिका संयोजक सुवास पोखरेलका अनुसार अहिलेसम्म ६ सय ३० प्रतिनिधिले कार्ड लिइसकेका छन् भने लिने क्रम जारी छ । ‘आवास व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जिल्ला–जिल्लाबाट हिँड्नेको संख्या २७ सय हाराहारीमा छ । यो भनेको करिब ६० प्रतिशत हो’ उनले भने ।
आन्तरिक विवादकै बीच हुने गइरहेको कांग्रेस विशेष महाधिवेशनमा पार्टी नेतृत्वको परिवर्तन गर्नुपर्ने तिव्र दबाव रहेको छ ।
विशेष महाधिवेशनबाट विधान संशोधन, पार्टीबाट नेताहरूको बहिर्गमन र प्रवेशको व्यवस्था, दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्तिलाई फेरि प्रधानमन्त्रीमा अघि नसार्ने, एक पटकभन्दा बढी समानुपातिक प्रणालीबाट सांसद्को सुविधा नदिने, एउटै व्यक्ति कति पटकसम्म मन्त्री हुन पाउनेलगायत विषयमा निर्णय गर्ने एजेन्डा तय भइसकेका छन् ।
कांग्रेसका विशेष महाधिवेशन पक्षधर अधिकामश नेताहरुले नेतृत्व परिवर्तनबिनाको भेलाको औचित्य नहुने भन्दै प्रमुख मुद्दा बनाउने पर्ने आवाज उठाउदै आएका छन् । विशेष महाधिवेशन नेतृत्व परिवर्तनसहित नीतिगत विषय, विधान र संरचनागत फेरबदलमा छलफल गरी टुंगो लगाउन बोलाइएको हो। सोही अनुसार अगाडि कग्रृस अधि बढ्ने नेता गुरु घिमिरेले बताएका हुन् ।
विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन बोलाइए पनि यो नियमित महाधिवेशनजस्तै भएको बताउँदै घिमिरेले नियमित महाधिवेशनले गर्ने सबै काम यसले गर्न सक्ने बताए । घिमिरेले विशेष महाधिवेशनले केही विशेष निर्णयहरू गर्न जानकारी दिएका छन् ।





























प्रतिक्रिया