विराटनगर
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई खटाएका ठाउँमा तत्काल जान निर्देशन दिएका छन् । उनले कर्मचारीलाई खटाएको ठाउँमा जानका लागि तीन दिनको समय पनि दिएका छन् ।
मन्त्री पण्डितले तोकिएको ठाउँमा नजाने कर्मचारीको तलब भत्ता रोक्ने चेतावनी दिएका छन् । ‘सरकारी कर्मचारी भएपछि सरकारले जुन ठाउँमा खटाएको छ, त्यहीं जानु पर्छ’, मन्त्री पण्डितले भने, ‘हैन भने आइतबार सम्ममा सम्बन्धित ठाउँमा नपुग्ने कर्मचारीको तलब भत्ता रोकिन्छ ।’ मोरङको गोठगाउँमा पूर्वाञ्चल विश्व विद्यालयको भवनको शिलान्यास गर्दै उनले अटेर गर्ने कर्मचारीलाई सबै सेवा सुविधाबाट बञ्चित गरिने चेतावनी दिए ।
‘सबै ठाउँमा हामीले पत्राचार गरिसकेका छौं,’ पण्डितले भने, ‘अहिले सम्म ६५ प्रतिशत कर्मचारी मात्रै स्थानीय तहमा गएको पाइएको छ ।’ उनले खटाइएको ठाउँमा सबै कर्मचारी किन नगएको भन्ने विषयमा तत्काल छानबिन अघि बढाएर कारबाही गर्ने चेतावनी पनि दिए । जागिर खाँदा खटाएका ठाउँमा २४ घण्टा भित्र पुग्छौं भनेर शपथ खाएका कर्मचारीले अहिले आएर सेवा सुविधा थप्नु पर्छ भन्ने कुरा निकाल्नु भनेको लाजमर्दो विषय भएको उनको भनार्इ छ ।
‘मंगलबार सेवा सुविधा थपिदिनु प¥यो भन्दै पाँच सय कर्मचारी मन्त्रालयमा आएका थिए,’ मन्त्री पण्डितले भने, ‘नमुना काम गरेर देखाउनुहोस् सरकारले मूल्यांकन गर्छ भनेर पठाइदिएँ।’ उनले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिर छाड्न पनि निर्देशन दिए । जसरी जागिरमा प्रवेश गरिएको थियो, त्यसरी नै घर फर्किए हुन्छ,’ निर्देशन विरुद्ध हिड्ने कर्मचारी माथि आक्रोश व्यक्त गर्दै मन्त्री पण्डितले भने । मुलुकमा राजनीतिक संक्रमण सकिए पनि कर्मचारीको काम गर्ने तौरतरिका देख्दा प्रशासनिक संक्रमण बाँकी नै रहेको भान भएको उनको भनार्इ छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया