काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनकै निर्णय वैधानिक भएको दाबी गर्दै अब निर्वाचन प्रक्रिया नरोकिने स्पष्ट पारेका छन् ।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सर्वोच्च अंग बताउँदै थापाले सभापति शेरबहादुर देउवाले पद नछोडेपछि सहमतिको सम्भावना सकिएको बताए ।
उनले भने, “हाम्रो मनोनयन सकिएको छ, अब निर्वाचन समितिले नामावली प्रकाशित गर्छ । अब प्रक्रिया रोकिँदैन।”
देउवा पक्षले कारबाही गरेको विषयलाई ‘न्यारेटिभ’ मात्र भएको बताउँदै थापाले आफूहरू पदका लागि नभई पार्टी सुधारका लागि अघि बढेको दाबी गरे ।
थापाका अनुसार निर्वाचन प्रक्रिया पूरा भएपछि आजै कांग्रेसको तर्फबाट निर्वाचन आयोगलाई आवश्यक सबै विवरण बुझाइनेछ ।
“नेपाली कांग्रेस नै हामी हौं, किनकि कांग्रेसको अधिवेशन चलिरहेको छ,” थापाले दाबी गरे ।





























प्रतिक्रिया