काठमाडौं । सीजी ब्रान्डले तिहारको अवसरमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा जित प्रतियोगिता’ का विजेता स्वयम्भू निवासी सोयशा श्रेष्ठलाई सीजी मेरिडिया साउन्डबार प्रदान गरिएको छ । उक्त साउन्डबारले उच्च गुणस्तरीय ध्वनि र उत्कृष्ट सांगीतिक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
विजेता सोयशा श्रेष्ठले खुसी व्यक्त गर्दै भनिन्, “सीजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगितामा विजेता बन्न पाउँदा म अत्यन्तै उत्साहित र खुसी छु । सीजी मेरिडिया ध्वनि प्रणाली प्राप्त गर्न पाउनु मेरो लागि विशेष क्षण हो । यस अवसरका लागि म सीजी टिमप्रति आभारी छु ।”
तिहारको उल्लास र घर–आँगन सजाउने रंगोलीको कलात्मक सुन्दरतालाई डिजिटल माध्यमबाट साझा गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा सहभागीहरूले पठाएका रंगोलीका तस्बिरहरूले नेपाली मौलिक कला, संस्कृति र चाडपर्वको जीवन्त झल्को प्रस्तुत गरेका थिए । विजेतालाई उक्त उपहार सीजी ब्रान्ड (गृह प्रयोजनका उपकरण) का प्रतिनिधि भरतप्रसाद साहले हस्तान्तरण गरेका थिए ।
चार दशकभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौँ नेपाली परिवारको विश्वास जित्दै आएको छ ।





























प्रतिक्रिया