काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले मोरङ क्षेत्र नं –३ बाट मनोनयन दर्ता गरेका छन् । आज निर्वाचन आयोगले तोकेको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन् ।
डा. शर्मा सोही क्षेत्रका बहालवाला सांसद हुन् । उनी लामो समयदेखि मोरङ ३ बाटै निर्वाचन लड्दै आएका छन् ।
यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा डा. शर्मा भारी मतान्तरले विजयी भएका थिए । उक्त निर्वाचनमा उनले ४८ हजार ६३१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले २५ हजार ८९५ मत मात्र पाएका थिए । झण्डै २३ हजारको मतान्तरले विजयी भएर शर्माले यो क्षेत्रमा आफ्नो बलियो पकड साबित गरेका थिए ।
डा. शर्मा कांग्रेसमा प्रभावशाली नेताका रूपमा परिचित छन् । मोरङमा पार्टी संगठन विस्तार र आर्थिक स्रोत परिचालनमा उनको भूमिका महत्वपूर्ण मानिन्छ । शर्माले यसपटक पनि कांग्रेसको विरासत जोगाउने जिम्मेवारी पाएका छन् ।





























प्रतिक्रिया