काठमाडौं । बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका हेमराज थापालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्ष्य गरी गाली गरेको भन्दै निवेदन परेपछि आयोगले थापालाई स्पष्टीकरण सोधेको हो ।
बाजुराको सडक नबनेकामा मुख्यमन्त्री बानियाँको नाम मुछ्दै थापाले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि मुख्यमन्त्री बानियाँको सचिवालयले आयोगमा उजुरी दिएको थियो ।





























प्रतिक्रिया