जन्ती बस दुर्घटनाले बैतडी शोकमा, पुर्चौडी नगरपालिकाको शोक बिदा

जन्ती बस दुर्घटनाले बैतडी शोकमा, पुर्चौडी नगरपालिकाको शोक बिदा

केन्द्रबिन्दु
45
Shares

काठमाडौं। १३ जनाको ज्यान जानेगरी भएको बस दुर्घटनामा दुःख व्यक्त गर्दै बैतडीको पुर्चाैडी नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको हो।

जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ ।

.बिहीबार राति ८ बजे पुर्चाैडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइतेहरुको अस्पतालमा उपचार भईरहेको छ । ३ जनाको अवस्था गभ्भिर रहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo