जाजरकोट
जाजरकोटमा प्रहरीले ९ थान वन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका ११ कोर्तांगमा स्थानीयको घरमा लुकाइरहेको अवस्थामा प्रहरीले उक्त हतियारहरु बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका ११ कोर्तांग निवासी चन्द्र वहादुर शाही र उनका छोरा नेत्र वहादुर शाहीको घरमा लुकाइ रहेको अवस्थमा भरुवा वन्दुक एक नाले तीन थान, भरुवा बन्दुक दुर्इ नाले एक थान, बाह्रबोर बन्दुक दुई थान र एयर गन सानो ठूलो गरि ३ थान तथा गोली बरामद गरेको छ ।
शाहीको घरमा बन्दुक तथा गोली लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उक्त हतियार र गोली एवं जंगली जनावरका छाला अंगहरु समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले बताए । उनका अनुसार प्रहरीले हतियारसंगै ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थ समेत बरामद गरेको छ । प्रहरीका अनुसार ८ थान डेटोनेटर, पटकामा प्रयोग गरिने केप १५ वटा,२ केजी बारुद र जंगली जनावरको छाला ३ थान, सिङ ११ थान , नंङ र दाँत २२ थान पनि बरामद गरिएको छ । शाहीका बावु छोरा दुवैलार्इ प्रहरी नियन्त्रणमा राखेर हात हतियार तथा खरखजना अन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरी प्रमुख रिमालले बताए ।
नागरिकबाट





























प्रतिक्रिया