अब सेयर किन्न ब्रोकरले ऋण दिन पाउने, शुक्रबारदेखि कार्यान्वयमा आउने

अब सेयर किन्न ब्रोकरले ऋण दिन पाउने, शुक्रबारदेखि कार्यान्वयमा आउने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अब धितोपत्र ब्रोकरहरुले पनि लगानीकर्तालाई सेयर खरिदका लागि ऋण दिन पाउने भएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोन ले मंगलबार ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ । उक्त निर्देशिका आउँदो फागुन १ देखि कार्यान्वयनमा ल्याउन निर्देशन जारी गरेको छ ।

सोही निर्देशन अनुसार आउने शुक्रबारदेखि निर्देशिका कार्यान्वयन हुनेछ । मार्जिन कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन सूचीकृत कम्पनीहरूका लागि धितोपत्र बोर्डले कडा मापदण्ड तोकेको छ ।

गत सोमबार बसेको धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले मार्जिन कारोबार सम्बन्धी २०७४ सालको पुरानो निर्देशिका खारेज गर्दै नयाँ जारी गरेको हो । निर्देशिकाले लगानीकर्ताले धितोपत्र व्यवसायी (ब्रोकर) मार्फत ऋण सुविधा लिएर सेयर किन्न पाउने बाटो औपचारिक रूपमा खुलेको हो ।

अब मार्जिन सुविधाका लागि योग्य हुन कम्पनीको कम्तीमा २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत हुनुपर्ने, प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने तथा आईपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था निर्देशिकामा छ ।

Logo